ताजा अपडेट »

एनआइसी एसिया लघुवित्तको एजीएम आज

आइतबार, १० बैशाख २०८०, ११ : ०६
67 Shares
आइतबार, १० बैशाख २०८०
67 Shares

काठमाडौं । एनआइसी एसिया लघुवित्तको वार्षिक साधारण सभा आज आइतबार बसेको छ।

साभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई करसहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदैछ । 

यस्तै, संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि प्रस्तुत हुने छ ।

साधारण सभा होटल गजुर, मोटेपुल धरानमा बस्दैछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १ गतेदेखि बुक क्लोज गरिसकेको छ ।

जसअनुसार कम्पनीमा चैत ३० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने कम्पनीले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।