ताजा अपडेट »

राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन

आइतबार, १० बैशाख २०८०, ०७ : ४६
40 Shares
आइतबार, १० बैशाख २०८०
40 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ। भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको हो । 

पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। मुटुमा जमेको पानीमा संक्रमण फैलिएपछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनी बुधवारदेखि त्यहाँ उपचाररत रहेका छन । 

स्वास्थ्यमा सुधार आए पनि उपचारपछि कहिले स्वदेश फर्कने हो ? त्यो भने अझै टुंगो नलागेको दुतावास स्रोतले अनभिज्ञता प्रकट गरेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।