ताजा अपडेट »

ज्योति विकास बैंकको नाफा घट्दा प्रतिसेयर आम्दानीमा पनि गिरावट

शुक्रबार, ०८ बैशाख २०८०, १३ : ०२
62 Shares
शुक्रबार, ०८ बैशाख २०८०
62 Shares

काठमाडौं।  ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंक्ले प्रकाशित गरेको विवरण अनुसार बैंकको खुद नाफा ६०.९१ प्रतिशतले घटेर २० करोड १६ लाख रुपैयाँमा झरेको हो । 
गत वर्षको यसअवधिमा बैंकले ५१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले वितरण गर्न योग्य रहेको नाफा पनि २७ करोड रुपैयाँले ऋणात्मक रहेको छ । 
चैत मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी २१.९३ प्रतिशतले बढ्दा सञ्चालन नाफा ६०.९२ प्रतिशतले घटेको हो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९९ पैसाले घटेर ६ रुपैयाँ १२ पैसा (वार्षिक) मा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ८० पैसा रहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।