बुटवल । नेपालले एसिसी प्रिमियर कपमा ओमानसँग टस हारेर ब्याटिङ गर्दै छ । टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।
दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल टियु क्रिकेट मैदानमा जारी छ । नेपालको यो ५० औं ओडिआई खेल समेत हो । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् । नेपाल र ओमानबीचको आजको नतिजाले समूह ए को विजेता र उपविजेता निर्धारण गर्न सक्ने सम्भावना छ ।
घरेलु टोली नेपाल उच्च मनोबलका साथ मैदानमा छ । ५० औं ओडिआई खेल नेपाल जितका साथ खुसीयाली मनाउन चाहन्छ । तर भारतीय र पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमानलाई हराउन सहज हुनेछैन । नेपाल युवा खेलाडीले भरिएको टोली हो । ओमानमा अनुभवी खेलाडीको बाहुल्यता छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । उता ओमानले कतारलाई ४० रनले हराएको थियो । दुबै टोलीको सोच लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना मजबुत बनाउने हुनेछ ।
हेड हु हेड :
नेपाल र ओमानबीच ओडिआईमा कुल ६ खेल भएको छ । नेपाल २ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । २०२० मा नेपालले लिग २ मा घरेलु मैदान टियुमा ओमानसँग दुबै खेल हारेको थियो ।
नेपालको प्लेइङ ११ स्
रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।
प्रतिक्रिया