ताजा अपडेट »

कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन

विहीबार, ०७ बैशाख २०८०, १६ : १६
43 Shares
विहीबार, ०७ बैशाख २०८०
43 Shares

भैरहवा । विभिन्न ४ वटा कार्यविधि अनुमोदन गर्दै कोटहीमाई गाउँपालिकाको ११ औं गाउँपरिषद् बुधबार मझगावामा सम्पन्न भएको छ । पालिकाको गाउँसभाले उपभोक्ता समिति गठन, सञ्चालन सम्बन्धि कार्यविधि २०७९, मर्मत सम्भार सम्बन्धि कार्यविधि २०७९, आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ र सार्वजनिक लेखा समिति सम्बन्धि कार्यविधि २०७९ अनुमोदन गरेको छ ।

चालु आर्थिक बर्षमा कोटहीमाई गाउँपालिकाले कुल जम्मा ४८ करोड ४ लाख ५० हजारको बजेट तथा कार्यक्रम स्वीकृत भई कार्यान्वयनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तवले बताए । जस अन्तर्गत शशर्त अनुदान संघ तर्फ १७ करोड ८ लाख, शशर्त अनुदान प्रदेश तर्फ ९५ लाख, विशेष अनुदान संघ तर्फ १ करोड, विशेष अनुदान प्रदेश तर्फ ६० लाख, समपुरक अनुदान संघ तर्फ १ करोड र समपुरक अनुदान प्रदेश तर्फ ५० लाख समावेश गरिएको उनले बताए ।

श्रीवास्तवले चालु आर्थिक बर्षमा जम्मा ५ सय ८४ वटा क्रियाकलापहरु मध्ये करिव ७५ प्रतिशत योजना तथा कार्यक्रमहरु सम्झौता भइ कार्यान्वयनमा रहेका जानकारी दिए । हाल सम्मको कार्यालयको वित्तिय प्रगति १७ करोड ४४ लाख (करिव ३५ प्रतिशत) रहेको र भौतिक प्रगति ६० प्रतिशत भन्दा माथि रहेको श्रीवास्तवको भनाई थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बालकिशुन त्रिपाठी कोटहीमाई गाउँपालिकामा शिक्षाको स्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गरे ।

उनले विद्यमान कानून यसमा बाधा रहेको बताउदै यसको समाधानको लागि पालिकाले आफ्नै शिक्षा ऐन, नियमावली तथा कार्यविधि बनाएर अन्तरपालिकामा शिक्षकहरुको सरुवाको तयारी गरिरहेको बताए । मर्चवारमा जनताको धेरै अपेक्षा रहेको र निर्वाचित भएको एक वर्षमै यी सबै अपेक्षा पुरा गर्न नसकिने उनले जिकिर गरे । पालिकाका सबै निर्वाचित जनप्रतिनिधि, कर्मचारी तथा स्थानियहरुको सहयोगले मात्रै समुन्नत कोटहीमाईको बिकास सम्भव रहेको कारण सबैलाई साथ दिन उनले आग्रह गरे । स्वास्थ्यको दृष्टिले पछाडी रहेको मर्चवारमा यसै आर्थिक वर्षमा १५ शैयाको अस्पतालको टेण्डर आव्हान गर्ने प्रक्रियामा रहेको त्रिपाठीले जनाए ।

गाउँपालिका अध्यक्ष बालकिशुन त्रिपाठीको अध्यक्षता, जिल्ला समन्वय समितिका उप–प्रमुख राम कृपाल धवलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष शुसिला कुमारी यादव, वडा नम्बर ५ का वडा अध्यक्ष सञ्जय कुमार सैनी लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।