ताजा अपडेट »

सुनको भाउ घट्याे, चाँदीकाे भने स्थिर

विहीबार, ०७ बैशाख २०८०, ११ : ३८
41 Shares
विहीबार, ०७ बैशाख २०८०
41 Shares

काठमाडौं। नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ । यसअघि बुधबार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।  यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।महासंघका अनुसार बिहीबार चाँदीको भाउ स्थिर रहेको छ। बिहीबार चाँदीको तोला  १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।