ताजा अपडेट »

झुटो समाचार बनाउने युट्युव च्यानल बिरुद्ध ऐश्वर्य रायको छोरीको उजुरी

विहीबार, ०७ बैशाख २०८०, १० : २७
44 Shares
विहीबार, ०७ बैशाख २०८०
44 Shares

मुम्बई। ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्याले केही युट्युब च्यानलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दिएकी छन् । 

यी युट्युब च्यानलले केही दिनअघि आराध्याको स्वास्थ्यको बारेमा झुटो समाचार चलाए पछि आराध्याले उजुरी दिएकी हुन । आफ्नो याचिकामा आराध्याले ती च्यानल र तिनका सामग्रीमाथि प्रतिबन्ध लगाउन माग गरेकी छिन् । अदालतले २० अप्रिल अर्थात आज नै यस विषयमा सुनुवाइ गर्नेछ ।दैनिक भाष्करका अनुसार आराध्याले ती यु–ट्युब च्यानलहरूबाट आफूमाथि बनाइएका सबै भिडियोले मनोबैज्ञानिक रुपमा त्रसित बनाएको र उनीहरुका कारण आफु पिडक बनेको भन्दै तीनहरूलाई हटाउन आदेश दिन अदालतलाई अपील गरेकी छिन्।

उनले गुगल एलएलसी र इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयलाई पनि याचिकामा बिपक्षी बनाएकी छन्। बच्चन परिवारले यस पिटिशनको बारेमा अहिलेसम्म कुनै बयान जारी गरेको छैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।