ताजा अपडेट »

मिटरब्याजपीडितमाथि भएको प्रहरी आक्रमणप्रति संसदमा राप्रपाको भर्त्सना

मंगलबार, ०५ बैशाख २०८०, १३ : ३१
42 Shares
मंगलबार, ०५ बैशाख २०८०
42 Shares

काठमाडौं । राप्रपाले मिटरब्याजपीडितमाथि प्रहरीको आक्रमणप्रति भर्तस्ना गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सोमबार न्यायका लागि संघर्ष गरेका मिटरब्याजपीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै भर्त्सना गरेका हुन् । 

राज्य भएको अनुभूति गराउनुपर्ने सरकारले न्यायका लागि याचना गरेका पीडितमाथि नै आक्रमण हुनु दुखद् भएको भन्दै उनले मिटरब्याजपीडित र तराई क्षेत्रमा संघर्षमा उत्रिएका हरुवाचरुवाको न्यायका लागि आफू सडकमा उत्रिने चेतावनी दिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।