ताजा अपडेट »

मेयर बालेनविरुद्धको रिट कामु प्रधानन्यायाधीश कार्कीको इजलासको आठौँ नम्बरमा

मंगलबार, ०५ बैशाख २०८०, १२ : ५७
56 Shares
मंगलबार, ०५ बैशाख २०८०
56 Shares

काठमाडौं । सिंहदरवारलगायत स्थानको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध परेको रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलास हुने भएको छ । 

अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार रिट दायर गरेको रिटको सुनुवाइ मंगलबार कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासको आठौं नम्बरमा तोकिएको छ । अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने लगायतका कार्यमा केन्द्रीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरपाकिाले प्रमुख प्रशासनिक निकाय सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर नउठाउने निर्णय गैरकानुनी भएको भन्दै रिट परेको हो । 

रिटमा काठमाडौं महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।