ताजा अपडेट »

सुनको भाउ आज पनि स्थिर, चाँदी घट्याे

मंगलबार, ०५ बैशाख २०८०, ११ : ३५
93 Shares
मंगलबार, ०५ बैशाख २०८०
93 Shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको भाउ निर्धारण भएको थियो ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदीको तोला ३५ रुपैयाँले घटेर १४ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।