दाङ । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घोराही उपमहानगरपालिका ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र १७ वर्षीय गोपाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले दाङले जनाएको छ ।
सोमबार बिहान साढे ११ बजेतिर भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही ११ खैरा चोकमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।
दुर्घटनाका घाइतेमध्ये बिकको घटनास्थलमै मृत्यु भएको थियोे , भने घाइते बस्नेतलाई उपचारको लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
साथै, प्रहरीले ट्रक र ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका ३ पिपरा बस्ने २८ वर्षीय धुर्व कुमार यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।मृतक दुबै जनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया