ताजा अपडेट »

संघीय निजामती सेवा ऐन चाँडै संसदमा पेस गरिने

सोमबार, ०४ बैशाख २०८०, १६ : १०
42 Shares
सोमबार, ०४ बैशाख २०८०
42 Shares

काठमाडौं । सरकारले संघीय निजामती सेवा ऐन चाँडै संसदमा पेस गर्ने तयारी गरेको छ । यसबारे सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय सभालाई जानकारी गराएकी छन् । 

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले सरकारले चाँडै नै संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेस गर्ने तयारी गरेको जानकारी दिएकी हुन् । 

निजामती सेवा ऐन अहिले कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणमा रहेको उनको भनाइ छ । मन्त्री शर्माले ऐनले कर्मचारी सरुवाको विषयर्लाव्यवस्थित बनाउने विश्वास समेत व्यक्त गरिन्। 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।