ताजा अपडेट »

जनप्रतिनिधि मुकदर्शक भैरहने ?

आइतबार, २७ पुस २०७६, १५ : ४०
10 Shares
आइतबार, २७ पुस २०७६
10 Shares

पुस २७,

ग्लोबल आवाज

बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुख चयनको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक सरे लगत्तै विभिन्न दलका नेताहरूले यसको विरोध गरेका छन् । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले सामाजिक सञ्जालमा एउटैदलको स्पष्टवहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु भनाएको बताएका छन् ।

https://twitter.com/brb1954/status/1216252139489509378

‘हिजो दलीय खिचातानिले संस/संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो।तर आज नियमित संविधान र एउटैदलको स्पष्टवहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु/निष्काम हुने र बैठक सरिरहने?जनप्रतिनिधि मुकदर्शक भैरहने?यही हो लोकतन्त्र?अझै कम्युनिज्म?धन्य कणहरू! ’ उनले ट्विटरमा लेखेका छन् । यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले पनि नेकपाभित्रको स्वार्थको वेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय भएको बताएका छन् ।

https://twitter.com/thapagk/status/1216259610467651584

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।