काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन् ।साउद र चपाईंलाई नियुक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।तर अझै ५ मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ।
प्रतिक्रिया