पुस २७,
ग्लोबल आवाज
बुटवल । बुटवल–११ कालिकानगरमा रहेको इन्टलेक्च्यूअल एकेडेमीमा आइतवारदेखि खेल सप्ताह–२०७६ शुरु भएको छ । अतिरिक्त क्रियाकलाप अन्र्तगत प्रत्येक वर्ष सञ्चालन गरिदँै आएको खेलसप्ताहको एक समारोह बीच स्कूलका प्रबन्ध निर्देशक रामराज पोख्रेलले शुभारम्भ गरेका छन् ।
शुक्रबारसम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन आइतवार पूर्वप्राथमिक तर्फ मिठाई दौड र तातो आलु खेलमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए भने कक्षा एक देखि तिनसम्मका विद्यार्थी बीचमा चम्चा दौड र सिटीगेम प्रतियोगीता सम्पन्न भएका छन् । त्यसैगरी कक्षा ४ देखि ६ सम्मका विद्यार्थी बीच चम्चा दौड र हिटराउन्ड अन्तरर्ग सदनात्मक रुपमा व्यडमिन्ट प्रयिोगीता सम्पन्न भएका छन् भने कक्षा ७ देखि ९ सम्म सदनात्मक रुपमा व्याडमिन्टन र बेलुन डान्स प्रतियोगीता सम्पन्न भएका छन् ।
खेलसप्ताह अवधीभर रिेलेदौड, बेलुन ब्लास्ट, बुक ब्यालेन्स, हाइजम्प, लङजम्प, गणितीय दौड, कपर्दी, टगअफवार, भलिबल खेलहरुमा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराइने छ । अतिरिक्त क्रियाकलाप संयोजक शोभा देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमकोे सञ्चालन शिक्षक अग्नीधर पोख्रेल र मित्रजन भण्डारीले गरेका थिए ।
प्रतिक्रिया