काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद र उनका भाइ अशरफको शनिबार राति तीन जना बन्धुकधारीले गोली हानी हत्या गरेका छन्।
यो हत्या भएको बेला प्रहरीले अतिक अहमद र उनका भाइ अशरफलाई मेडिकल चेकअपका लागि अस्पताल लैजाँदै थियो । अतिक अहमद र अशरफ पूर्व विधायक राजु पालको हत्याको आरोपमा जेलमा थिए।
राजु पाल हत्याका साक्षी उमेश पाल हत्या प्रकरणमा सोधपुछका लागि उनीहरुलाई साबरमती कारागारबाट प्रयागराज ल्याइएको थियो ।
दुई दिनअघि (बिहीबार) उत्तर प्रदेश प्रहरीको विशेष टास्क फोर्सले झाँसीमा भएको भिडन्तमा आतिक अहमदका छोरा असद अहमद र उनीसँगै उपस्थित उनका सहयोगी गुलाम मोहम्मद मारिएका थिए।
शनिबार राति अतिक अहमद र उनका भाइ अशरफको हत्या भएको बेला कसले देख्यो र के भने ? त्यसअघि र पछि के भयो ? हामी क्रमबद्ध रूपमा बताइरहेका छौं।
हत्या हुनुअघि के भयो ?
जब अतिक अहमद र उनका भाइ अशरफमाथि आक्रमण भयो, प्रहरीहरूले उनीहरूलाई प्रयागराजको मोतीलिल नेहरू डिभिजनल अस्पताल (क्याल्भिन अस्पताल)भित्र मेडिकल जाँचका लागि लैजाँदै थिए।
त्यसअघि अस्पतालबाहिर प्रहरीको जीप रोकियो । केही प्रहरी अगाडिबाट ओर्लिएर फर्किए भने कोही पछाडिको सिटबाट निस्किए ।
अशरफलाई पहिले जीपबाट ओर्लन लगाइन्छ, त्यसपछि अतिक अहमदलाई एक पुलिसकर्मीले मद्दत गर्छन्।
अशरफले कालो टि-सर्ट र प्यान्ट लगाएका थिए भने अतिक अहमद सेतो कुर्तामा थिए।
प्रतिक्रिया