बुटवल । दाङको घोराहीबाट बुटवल जाँदै गरेको मिनि बस मसोटको तेस्रो घुम्तीमा ब्रेकफेल भई पल्टिन लागेको बसबाट हाम फाल्दा एक जना मृत्यु भएको छ ।
शनिवार दिउँसो पौने १ बजेको समयमा घोराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनि बसमा सवार बंगलाचुली गाउँपालिका वडा नम्बर ६ लापे निवासी ३० वर्षिय यमि घर्ती मगर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते अवस्थामा रहेका घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
बसमा सवार मृतक घर्तीको ५ वर्षिय छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षिय सुरज बस्नेत घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । बसमा २५/२६ जना यात्रु सवार रहेका थिए ।
प्रतिक्रिया