ताजा अपडेट »

बुटवलको कान्ति माविका विद्यार्थीद्वारा पाठ्यक्रममा आधारित शैक्षिक अवलोकन भ्रमण

शुक्रबार, ०१ बैशाख २०८०, ०० : ०७
158 Shares
शुक्रबार, ०१ बैशाख २०८०
158 Shares

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको आयोजनामा कक्षा १२ विज्ञान समुहका विद्यार्थीहरुले पाठ्यक्रममा आधारिि शैक्षतिि अवलोकन गरेका छन् । सैद्धान्ति तवरले समावेस गरिएका विषयवस्तुलाई व्यवहारीक तथा प्रयोगात्मकशैलीले बुझाई विस्तार गरि पाठ्यपुस्तकमा रहेका अन्यौलतापूर्ण विषयवस्तुलाई सुक्ष्म तरिकाले सिकाई स्थानान्तरण गर्नको लागि विहिबार रुपन्देहीका विभिन्न अनुसन्धान केन्द्र तथा औद्योगिक प्रतिष्ठानमा स्थलगत अध्ययन तथा अवलोकन गरेको हो ।

विद्यार्थीहरुलाई भैरहवामा रहेको मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रमा माछाँको जीवनचक्रका बारेमा त्यहाँ रहेका प्राविधिक जनशक्तिबाट प्रशिक्षण दिईएको थियो । विद्यार्थीहरुलाई विभिन्न समुहमा विभाजन गरेर माछाँका सबै प्रजातीहरुको प्रत्यक्ष अवलोकन गराईएको थियो ।

यसैगरि विद्यार्थीहरुलाई कक्षा १२ पछि स्वदेशमा नै सानो पुँजीबाट भए पनि उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले तिलोत्तमामा रहेको अस्टिज र्फामको अवलोकन गराईएको थियो । त्यहाँबाट विद्यार्थीहरुले अस्टिज पालन तथा यसको अन्तराष्ट्रिस्तरमा कसरी यसको ब्राण्डिङ गर्न सकिन्छ भन्ने विषयको जानकारीका साथै पछिल्लो समयमा नेपालमा विस्तार हुदै गएको च्याँउ उत्पादनको आधुनिक प्रविधिको बारेमा जानकारी समेत लिएका थिए ।

त्यसपछि विद्यार्थीहरुलाई रसायन विज्ञानका केही प्राविधिक विषयमा जानकारी गराउने उद्देश्यले भैरहवामा रहेको जगदम्बा ईण्डस्टिज प्रा ली मा लगिएको थियो । जहाँ विद्यार्थीले उत्पादन र प्याकेजिङ्ग प्रक्रियाका बारेमा जानकारीले लिएका थिए । विद्यालयले विज्ञान समुहका विद्यार्थीहरुले पठनपाठनका क्रममा भोगेका केही अस्पष्टतलाई हटाउने अभिप्रायले यस्ता कार्यक्रम गरिएको हो । यसले विद्यार्थी मनोवल र आत्मविश्वास बढाउने कुरा विज्ञान समुहका संयोजक मोहन भट्टराईले बताए ।

स्थलगत अध्ययन अवलोकन कार्यक्रम विद्यालयको एक अनिवार्य शैक्षिक कार्यक्रम रहेको र यसले शिक्षण सिकाईका सम्पूर्ण जटिलतालाई हटाउनुका साथै बाह्य वातावरणमा कसरी समायोजन हुने भन्ने जीवनोपयोगी सीप विद्यार्थीमा हस्तान्तरण हुनेमा विद्यालय विश्वस्त रहेको कुरा विद्यालयका सहायक प्राचार्य केदारनाथ ज्ञवालीले बताए । कार्यक्रममा २८७ विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो । अन्त्यमा विश्व शान्तिको मुहान लुम्बिनीमा पुगेर विश्व शान्तिको कामना गरि कार्यक्रम समापन गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।