बुटवल । सैनामैना–५ मा रहेको रुपन्देही मोडल इंग्लिस एकेडेमीमा शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा सैनामैना नगरपालिका शिक्षा शाखा उप–प्रमुख राधा बन्जाडे, विद्यालय सञ्चालक समिति अध्यक्ष सागर केसी, वडा नम्बर ५ का वडा अध्यक्ष धन प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका शिक्षा शाखा उप–प्रमुख बन्जाडेले शिक्षा क्षेत्रको सुधारका लागि सबैजना लाग्नुपर्ने बताईन । विद्यालयका अध्यक्ष सागर केसीले समयसापेक्ष शिक्षा प्रदानमा विद्यालयले योगदान दिँदै आएको बताए । उनले विद्यार्थीहरुको मानोविज्ञानालाई आधरित रहेर शिक्षा प्रदान गर्नु विद्यालयको दायित्व भएको भन्दै सोही अनुसारको शैक्षिक वातावरण निर्माण गरी अध्यापन गराउदै आएको समेत बताए ।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष प्रकाश पौडेल, शिक्षक जीवन देवान, विद्यालयका प्रधानाध्यापक जे।एन। पाण्डे, शिक्षाप्रेमी कुल बहादुर केसीले समयमा सान्दर्भिक शिक्षामा जोड दिएका थिए । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कप, मेडल, प्रमाण पत्र सहित सम्मान गरिएको शेयर सदस्य फटिक केसीले बताए ।
साथै सोही कार्यक्रममा नगरस्तिरिय कक्षा ८ को नतिजामा उत्र्तीण भएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । रुपन्देही पश्चिम क्षेत्रमा वि।स। २०६६ सालमा स्थापना भएको यो विद्यालयले छाटो समयमा नै राम्रो नतिजा ल्याउन सफल भएको छ । विद्यालयमा प्ले ग्रुप देखि देखि ८ सम्म कक्षा सञ्चालित छन् ।
प्रतिक्रिया