ताजा अपडेट »

उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि पुनः मतदान हुने

विहीबार, ३० चैत्र २०७९, १२ : ४५
58 Shares
विहीबार, ३० चैत्र २०७९
58 Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनका लागि पुनः मतदान हुने भएको छ । उपाध्यक्ष पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतभार पूरा गर्न नसकेकाले पुनः मतदान हुने भएको हो । 

दोस्रो चरणको मतदानमा पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाउनेमध्येबाट दुईजना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।जसअनुसार अब अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । सबैभन्दा बढी मत अन्जान र उमेशलालले पाएर प्रतिस्पर्धाको मैदानमा रहँदा तेस्रो धेरै मतभार पाएका रामचन्द्र संघई प्रतिस्पर्धाको रिङबाट बाहिरिएका छन् । 

अन्जानले कुल ३७.९९ प्रतिशत, उमेशलाल श्रेष्ठले कुल ३१.५१ र रामचन्द्रले ३०.४६ प्रतिशत मतभार पाएका हुन् ।महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । जसअनुसार भावी अध्यक्षका लागि अब अन्जन र उमेशलालबीच प्रतिस्पर्धा हुनेछ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।