ताजा अपडेट »

सन नेपाल लाइफ इन्स्याेरेन्सको दुई वर्षको एजीएम आज

बुधबार, २९ चैत्र २०७९, १२ : २६
52 Shares
बुधबार, २९ चैत्र २०७९
52 Shares

काठमाडौं। सन नेपाल लाइफ इन्स्याेरेन्सको साधारणसभा बुधबार बस्दै छ । कम्पनीको दुई आर्थिक वर्षको ५औं र ६औं वार्षिक सभा एकैपटक बस्न लागेको हो । सभामा आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । 

यस्तै, सभामा लेखा परीक्षकको नियुक्त गर्ने एजेन्डा र निजको पारिश्रमिक निर्धारण गर्ने छ । यसैगरी, ९६ लाख कित्ता आइपीओ सन् नेपाल लाइफ इन्स्याेरेन्सले प्रिमियममा बिक्री खुला गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ ।कम्पनीले १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम जोडेर प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा आइपीओ बिक्री अनुमति मागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । हाल यसको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासन भएपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ हुनेछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।