ताजा अपडेट »

बुटवलको कान्ति माविमा कक्षा ११ का विद्यार्थीले कक्षा १२ का विद्यार्थीलाई दिए शुभकामना

बुधबार, २९ चैत्र २०७९, ११ : ५६
38 Shares
बुधबार, २९ चैत्र २०७९
38 Shares

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलमा कक्षा ११ का विद्यार्थीले कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई शुभेक्षा व्यक्त गरेका छन् । विद्यालयमा बुधबार एक कार्यक्रमका बीच विद्यार्थी तथा शिक्षक कर्मचारीहरुले कक्षा १२ का परीक्षार्थीलाई शुभकामना व्यक्त गरेका हन् ।

बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले वोर्ड परीक्षामा सबैले विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले कान्ति माध्यमिक देशको नमुना विद्यालय रहेकाले आगामी दिनमा पनि त्यो पहिचानलाई निरन्तरताको लागि सरोकारवालाका बीचमा सहकार्यको आवशयकता औल्याए । उनले राष्ट्रिय भर्ना अभियान २०८० लाई सफल पार्नको लागि नयाँ विद्यार्थीलाई अनुरोध समेत गरे ।

यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमानन्द शर्माले विद्यालयको भौतिक पूर्वाधारको अवस्था गुणस्तरीय रहेको र अब प्राविधिक विषयमा अगाडि बढ्ने बताए । प्राचार्य गोविन्द ज्ञवालीले सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सफलताको कामना गर्दै जीवनमा अनुशासन, निरन्तर अभ्यास र समाजप्रति आफ्नो जिम्मेवारी बोध गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा सह प्राचार्य पूर्णभद्र उपाध्याय, कक्षा १२ विज्ञान समुहका संयोजक मोहन भट्टराई, शिक्षक लीलाधर पाण्डे, व्यवस्थापन समिति सदस्य कृष्ण अर्याल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता कक्षा ११ की विद्यार्थी कृतिका खनाल र सञ्चालन कमल कंडेल र अन्जना बिकले गरेका थिए भने स्वागत मनतव्य रिया आचार्यले राखेकी थिइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।