ताजा अपडेट »

पाल्पाको माथागढीमा शिक्षक, विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा राखी उत्प्रेरणा तालिम

बुधबार, २९ चैत्र २०७९, ०९ : ५२
30 Shares
बुधबार, २९ चैत्र २०७९
30 Shares

पाल्पा । शैक्षिक उत्प्रेणा बढाउन शिक्षक, विद्यार्थी र अभिभावका लागि माथागढीमा उत्प्रेरणा विकास सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । माथागढी–१ चिदीपानी वडा कार्यालयको आयोजना तथा सौभाग्य माविको सह आयोजनामा २ दिन चलेको कार्यक्रममा ७ वटा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावक उपस्थित रहेका थिए ।

गुणस्तर सुधार र सामुदायिक विद्यालयप्रति आर्कषण वृद्धि गर्न शिक्षक, विद्यार्थी र अभिभावक सबैको भूमिका महत्वपूण रहेने भएकाले उत्प्रेरणा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको वडा अध्यक्ष तथा सौभाग्य माविका व्यवस्थापन समिति अध्यक्ष राजकुमार पन्थीले बताए । वरिष्ठ प्रशिक्षक डा. तारा प्रसाद गिरीले तालिममा सहजीकरण गरेका थिए। प्रशक्षिण उपलब्धी मूलक र महत्वपूण रहने सौभाग्य माविका प्रधानाध्यापक कृष्ण प्रसाद खनालको भनाइ छ। प्रशिक्षणमा कलिला बालबालिकालाई सही शिक्षा र संस्कार, परिवार, समाज र देशमा सकारात्मक परिवर्तन अभिभावक, शिक्षक र विद्यार्थीले पूरा गर्नुपर्ने दायित्व, उनीहरूले दैनिक सुधार गर्नुपर्ने आनीबानी, महान व्यक्तिका जीवनबाट पाइने शिक्षाका बारेमा सहजीकरण गरिएको थियो ।

प्रशिक्षणमा विभिन्न विद्यालयका ८, ९, १०, ११ र १२ का विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षक कर्मचारी गरी ८ सय बढीको सहभागीता रहेको थियो । आयोजक सौभाग्य मावि, जाउपोखरा आधारभुत विद्यालय, आदर्श आधारभुत विद्यालय, ज्ञानोदय प्रावि, नवजागृत प्रावि, शिव दीप प्रावि र भुपति प्राविबाट सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।