काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंक तथा वित्तीय संस्थाको अवस्था सुरक्षित रहेको दाबी गरेका छन् । नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अधिकारीले सानोतिनो धक्काले बैंकिङ क्षेत्रमा जोखिम आउने अवस्था नरहेको बताए।
अन्य विकसित मुलुकहरुमा पनि बैंकहरु डुबेको उदाहरण प्रस्तुत गर्दै उनले नेपालमा पनि के होला भन्ने प्रश्नहरु स्वभाविक रुपमा उठेको बताए । समग्रमा हाम्रा बैंकहरूको अवस्था सुरक्षित छ। सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन।’ गभर्नर अधिकारीले भने।
‘क’ बर्गका बैंकहरुको पूँजी पर्याप्तता १३ दशमलब ०१, ‘ख’ वर्गका बैंकहरुको १२ दशमलब ७१ र ‘ग’ बर्गका बैंकहरुको १७ दशमलब ०५ प्रतिशत रहेको गभर्नर अधिकारीले बताए। उनले यो न्यूनतम आवश्यकता ११ प्रतिशत हुनुपर्ने जानकारी दिए।
गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति पनि अहिले सुविधाजनक अवस्थममा रहेको बताए । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको उनको भनाइ छ । उनले मुद्रास्फीति घट्दो अवस्थामा रहेको समेत बताए ।
प्रतिक्रिया