ताजा अपडेट »

उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न उद्योगीलाई अर्थमन्त्रीको सुुझाव

मंगलबार, २८ चैत्र २०७९, १४ : १८
55 Shares
मंगलबार, २८ चैत्र २०७९
55 Shares

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई सुझाव दिएका छन् । 

काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका हुन् । देशका हरेक संयन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका उनले निजी क्षेत्रले उत्पादनमुलुक क्षेत्रमा लगानी गरे सरकारले लगानीको वातावरण सहज बनाउने प्रतिबद्धता जनाए । यसका लागि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन उपायहरूको व्यवस्था गरिने अर्थमन्त्री महतको भनाइ छ । 

रुस–युक्रेन युद्धलाई इंगित गर्दै उनले अन्न्तर्राष्ट्रियस्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि चार प्रतिशतभन्दा माथि हुने दाबी गरे । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।