ताजा अपडेट »

सुनचाँदीको मूल्य बढ्याे

मंगलबार, २८ चैत्र २०७९, १२ : ०३
38 Shares
मंगलबार, २८ चैत्र २०७९
38 Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुन तोलाको ५०० रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला ७०० रुपैयाँले रुपैयाँले घटेको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ३० मा खरिदबिक्री भएको थियो 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।