काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।
मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो । विधेयकमा समेट्ने विषय र प्रक्रियाका विषयमा पुनः बैठक बसेर निर्णय गर्न उक्त दल सहमत भएका छन् । अर्को बैठक आगामी १ वैशाख शुक्रबार दिउँसो १ बजे सिंहदरवारमा बस्ने गरी समय तोकिएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए । यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी भएका थिए ।
प्रतिक्रिया