ताजा अपडेट »

स्थानीय तहलाई सिंहदरवार आउनुपर्ने बाध्यताको अन्त्य गरियोस् : गगन थापा

सोमबार, २७ चैत्र २०७९, १३ : ४९
39 Shares
सोमबार, २७ चैत्र २०७९
39 Shares

काठमाडौं। कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरवार धाउनुपर्ने बाध्यता हटाउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशभरका स्थानीय तहलाई काम गर्न सिंहदरवारर धाउनुपर्नेे बाध्यता तत्काल अन्त्य गर्नुपर्ने बताए ।काठमाडौं महानगरपालिकाले सिंहदरवारसहितको स्थानको फोहोर उठाउन छाडेको घटनालाई लिएर उनले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए । यसका लागि प्रधानमन्त्री आफैँँले तत्काल पहल गर्नुपर्ने सांसद थापाको माग छ । स्थानीय तहलाई काम गर्न सक्ने वातावरण बनाउन आवश्यक पर्ने कानुन बनाउन आफूहरु तयार रहेको भन्दै उनले यसका लागि प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरे । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।