ताजा अपडेट »

मोटरसाइकल दुर्घटनामा छोरीको मृत्युु, बाबु घाइते

सोमबार, २७ चैत्र २०७९, १२ : १६
116 Shares
सोमबार, २७ चैत्र २०७९
116 Shares

सप्तरी । सप्तरीको खडक नगरपालिका- ७ कल्याणपुर बजारमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्युु भएको छ भने बुबा गम्भीर घाइते भएका छन् ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कल्याणपुर बजारमा बा ३ च ५२९३ नम्बरको कारले को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया बालिका  एञ्जिला बस्नेतको मृत्युु भएको हो ।मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका हुन् ।

घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल,राजविराजमा उपचारका क्रममा मृत्यु भएकाे सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् ।घाइते बाबुको उपचार भइरहेको छ।यता इलाका प्रहरी कार्यालय कल्याणपुरले कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिराखेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।