ताजा अपडेट »

सुन ७ सयले घटदा चाँदीकाे पनि मूल्य घट्याे

सोमबार, २७ चैत्र २०७९, १२ : १०
28 Shares
सोमबार, २७ चैत्र २०७९
28 Shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुन सोमबार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

उता, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।तेजावी सुनको मूल्य भने तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ पनि घटेको छ ।  आज चाँदी १० रुपैयाँले घटेर तोलाको १४ सय ३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।