ताजा अपडेट »

एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल

सोमबार, २७ चैत्र २०७९, १० : ३२
152 Shares
सोमबार, २७ चैत्र २०७९
152 Shares

काठमाडौं। टुका हमालको नेतृत्वमा नेकपा एमालेनिकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँँ कार्यसमिति चयन भएका छ ।गत चैत २५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेको सो सम्मेलनवाट उपाध्यक्षमा  शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा विसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन । बिमला राई निवर्तमान परराष्ट्र मन्त्रीसमेत हुन । 

महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी नयाँ कार्यसमितिमा आएका छन् ।  यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमितिकाे नयाँ नेतृत्वमा आएका छन भने कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन  भएकाे सुजिता शाक्यले जानकारी दिएकी छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।