ताजा अपडेट »

संस्कृती पर्यटन राज्यमन्त्री सिर्पालीद्वारा बुद्धजन्मस्थलको भ्रमण

आइतबार, २६ चैत्र २०७९, २० : ०९
92 Shares
आइतबार, २६ चैत्र २०७९
92 Shares

लुुम्बिनी । संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीले बुुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुुभएको छ । राज्यमन्त्री भएपछि पहिलोपटक बुुद्धजन्मस्थ आउनुुभएका राज्यमन्त्री सिर्पालीलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।

कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य विश्वराज पौडेल,परिषद सदस्य श्रीराम यादव, सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गरे । मन्त्री श्रीपालीले मायादेवि मन्दिरको दर्शनसँगै गौतमबुुद्धको जन्मस्मारक, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको निरीक्षण गर्दै जानकारी लिए । बुुद्धजन्मस्थल लुम्बिनीको भ्रमणपछि राज्यमन्त्री श्रीपालीले बुद्ध दर्शनको हिसाबले अझ विस्तार गर्ने गरि सरकारले काम गर्ने बताए। उनले लुम्बिनीलाई विश्वमाझ चिनाउनका लागि गुणात्मक हिसाबले काम गर्नुपर्ने आवश्यकता देखेको बताए ।

राज्यमन्त्री सिर्पालीले आफूू लुम्बिनी प्रदेशकै बासिन्दा भएकाले पनि बुद्धजन्मस्थलको विश्वव्यापी प्रचार र बौद्ध दर्शनको प्रभाव विस्तारका लागि क्रियाशिल हुने प्रतिबद्धता जनाउनुुभयो । उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, सदस्य सचिव सानुुराजा शाक्य र सूचना तथा जनसम्पर्क प्रमुख राईले लुम्बिनि र बुद्वका बारेमा जानकारी दिए । राज्यमन्त्री श्रीपालीले मुख्य नहरमा डुंगा शेयर समेत गरे । उनले थाई विहारको अवलोकन गर्दै लुम्बिनीमा रहेका विहारहरुको बारेमा जानकारी लिए । राज्यमन्त्रीसँगै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किस्मत विश्वकर्मा, प्रेस संयोजक गोपी ज्ञवाली लगायतको सहभागिता रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।