ताजा अपडेट »

अमेरिकी डलरको कारोबार स्थिर युरोकाे भाउ बढ्याे

आइतबार, २६ चैत्र २०७९, १० : ३९
36 Shares
आइतबार, २६ चैत्र २०७९
36 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। यसअघि शुक्रबार डलरको भाउ १९ पैसाले घटेको थियो । आइतबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार पनि उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।  नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोमा उकालाे लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा १३ पैसाले बढेको हो । शुक्रबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ १८ पैसा कायम गरिएको थियो।  

आइतबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा एक रुपैयाँ २६ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो ।  त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७७ पैसा तोकिएको छ । 

यता, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रुपैयाँ २६ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । आइतबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ । 

उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२६ रुपैयाँ ८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३५ पैसा तोकिएको छ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।