ताजा अपडेट »

ह्याम्स अस्पतालको छतमा दुर्घटनाबाट जोगियो हेलिकप्टर

शनिबार, २५ चैत्र २०७९, १८ : १४
69 Shares
शनिबार, २५ चैत्र २०७९
69 Shares

काठमाडौं । धुम्बाराहीरस्थित ह्याम्स अस्पतालको छतमा एयरडाइनेस्टीको हेलिकप्टर दुर्घटना हुनबाट जोगिएको छ ।
     
अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि दुर्घटना हुनबाट जोगिएको हो । घटनाको अनुसन्धान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टरमा प्राविधिक समस्या आएको जानकारी पाइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न सम्बन्धित एयरलाइन्सका अधिकारी अस्पताल पुगेका छन् ।
     
अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पङ्खा खुस्किएर नजिकैको घरको छानामा खसेको बताइएको छ ।
     
हेलिकप्टरको अहिले प्राविधिकले मर्मत गरिरहेका छन् । दुर्घटनामा कुनै पनि क्षति नभएको र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।