ताजा अपडेट »

त्रिशुलीमा जीप खस्यो : गुल्मीका एक युवा घाइते, एक जना बेपत्ता

शुक्रबार, २४ चैत्र २०७९, २० : ३१
25 Shares
शुक्रबार, २४ चैत्र २०७९
25 Shares

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१०, तिङग्राङखानीबाट आज बिहान महेन्द्रा पिक जीप त्रिशुली नदीमा खसेको छ । जीप अनियन्त्रित भई नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । दुर्घटनामा चालक घाइते छन् । 

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१-०२५ च ७९९१ नम्बरको जीप अनियन्त्रित भइ आज त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । 

जीपमा सवार झापा घर भएका २७ वर्षीय सुरेश चौधरी बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको छ । घाइते भएका चालक गुल्मीको रेसुंगा नगरपालिका-१० बस्ने ३७ वर्षीय सुजन थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।