बुटवल । प्राप्त भएका उपलब्धीलाई कार्यान्वयन गर्नका लागि परिवर्तनशिल शक्तिहरु एक जुट हुनुको विकल्प नभएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । नेपाली जनताहरुको बलिदानीबाट प्राप्त भएको संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता लगायतका राष्ट्रिय उपलब्धीहरुको बिरुद्ध नियोजित प्रहार र खारेजी समेतको दुस्प्रयास भइरहेकाले परिवर्तनकारी शक्तिहरु एक जुट हुनुको विकल्प नभएको बताएका हुन् ।
राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समितिले शुक्रबार रुपन्देहीमा आयोजना गरेको सर्वदलीय सर्वपक्षीय अन्तरक्रियामा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै जनमुक्तिका केन्द्रिय महासचिव टोप असलामीले नेपाली जनताको लामो बलिदानीबाट प्राप्त भएका उपलब्धी माथि षडयन्त्र भइरहेकाले सबै परिवर्ततनशिल शक्तिहरु प्राप्त गरेको उपलब्धीहरुको कार्यान्यनका लागि मिलेर अघि बढ्नु पर्ने बताए ।
साथै दिनप्रतिदिन खस्कदो अर्थतन्त्र, भष्ट्रचारका राष्ट्रिय अपराध, वित्तिय तरलता, चर्को र चक्रवर्ती ब्याजदर आदिका कारण व्यापार तथा व्यवसायिक क्षेत्र धराशायी हुनुका साथै अनियन्नितत्र महङ्गीले नेपाली जनताको जनजीवन दिन प्रतिदिन कष्टकर हुनेका साथै बैदेशिक हस्तक्षेप पनि बढेको बताए । यी र यस्ता सबै प्रकारका समस्याबाट देश र नागरिकहरुलाई मुक्त गराउनका लागि परिवर्तनकारी शक्तिहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।
यस्तै माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसिले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता ल्याउनका लागि सबै दलहरु र नागरिकहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोगमा ती उपलब्धी प्राप्त भएको बताए । माओवादीले नेतृत्वको जनयुद्धबाट प्राप्त उपलब्धी विरुद्ध षडयन्त्र भएकाले अब फेरि सबै एक पटक मिलेर परिवर्तनलाई जोगाएर थप परिवर्तन हासिल गर्नु पर्ने बताए । यस्तै नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले राज्य प्रणाली अहिले सिन्डीकेटबाट अघि बढेको बताए । अहिलेसम्म प्राप्त भएका उलपब्धीलाई जोगाउन र थप उपलब्धी जोगाउन सबै एक ठाउँमा आउनु पर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका गणेश पाठक, नागरिक उन्मुक्ति पार्टीका अशोक कुमार चौधरी, जनमत पार्टीका निलम यादव, मंगोलियन नेशनल पार्टीका दिपक थापा र पूर्व प्रहरी महासंघका कल्याणकारीका पूर्व अध्यक्ष खुमबहादु थापाल लगायतले पनि प्र्राप्त भएका उपलब्धीलाई जोगाउन र बाँकी उपलब्धी प्राप्त गर्नका लागि अग्रमनकारी र परिवर्तनशिल शक्ति मिल्नु पर्ने बताएका थिए ।
प्रतिक्रिया