ताजा अपडेट »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सम्बद्ध निकायको लापरबाही : पूर्व अर्थमन्त्री पौडेल

शुक्रबार, २४ चैत्र २०७९, १५ : १५
20 Shares
शुक्रबार, २४ चैत्र २०७९
20 Shares

बुटवल । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सम्बद्ध निकायको हेलचक्रयाई र कमजोरीका कारण भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको बताएका छन् । कमजोरी गर्नेसबै निकायले कमजोरी सुधार गर्नुपर्ने उनले बताए । 

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको शुक्रबारदेखि सुरु २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा बोल्दै पौडेलले विमानस्थल आवश्यकताले नै निर्माण भएबा कारण सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे । रुपन्देहीमा सञ्चालन भएका सबै आयोजनाहरुमा जनताको निगरानी महत्वपूर्ण भएको बताउँदै उनले ती योजनाहरुको निर्माणमा भएका कमजोरी तथा ढिलासुस्तीमा खबरदारी गर्न आग्रह गरे । 'विमानस्थाल सञ्चालन होस, यो सबैको चाहना छ । ढिलो भएको छ, यो चाहिन्छ, चाहिएर बनाएको हो, यो चल्छ हामीले चलाएर देखाउँछौं ।'-पौेलले भने, 'सञ्चालनमा ल्याउन कुन-कुन निकाएको कमजोरी छ त्यसलाई सुधार गरेर अघि बढौं ।'

यसैगरी बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थललाई जसरी पनि सञ्चालनमा ल्याइने बताए । सम्पन्न भएका सबै आयोजनाहरुलाई सञ्चालनमा ल्याएर यहाँको होटल व्यवसाय, पर्यटन, उद्योग तथा सम्पूर्ण आर्थिक क्षेत्रलाई चलायमान गराइले उल्लेख गरे । फरक प्रसङ्गमा पौडेलले लुम्बिनी प्रदेश राजधानीको विषयलाई अब छलफलको विषय नबनाउन आग्रह गरे । 'जे हुनु थियो, जे नहुनुथियो भयो, छोड्दिनुस, कति दिन पिरोलीने ?'- राजधानीको विषयमा उठ्ने गरेका प्रश्नहरुमाथि प्रतिप्रश्न गर्दै उनले अघि भने,-'राजधानी सरेर आकाश खसेको ह ? बुटवल भासिन्छ ?  यस विषयमा धेरै नरोमलियौं ।'  राजधानी दाङ सरेपछि बुटवल सकियो, रुपन्देही सकियो भन्ने अतिरञ्जनाले आफैलाई सकाउने बताउँदै उनले यहाँ उद्योगी वणयवसायीमा अब कसरी अघि बढ्ने भनि चिन्तन गर्न आग्रह गरे  ।

राजधानीकै कारण रुपन्देही पछि नपर्ने दाबी गर्दै पौेलले भने-'हामी सकिएका छैनौ, हामी सकिदैनौं, हामीलाई प्रदेशको राजधानीले उछिन्दैन, उछिन्दै उछिन्दैन । हामी पछाडि परेका छैनौं, पर्दै पर्दैनौं ।' होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले आर्थिक संकट तथा चर्को ब्याजदरका कारण व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताए । अहिलेकै अवस्था लामो समय कायम रहे ७० प्रतिशत बढी होटल व्यवासयी विस्थापित हुने उनले बताए । यसैगरी घर बहाल समस्याले पनि व्यवसायीहरु पीडित हुनु परेको उनले गुनासो गरे । फरक प्रसङ्गमा उनले अब बुटवलमा पर्यटक तान्नका लागि उत्तरतर्फका डाँडाहरु सिंगार्न आवश्यक रहेको बताए । सामान्य भट्टीबाट सुरु भएका सेवा आज विकसित र परिमार्जित हुँदै पाँच तारे होलका रुपमा स्थापित भएको बताउँदै उनले पर्यटनको क्षेत्रमा राज्यले थप सुधार र व्यवसायी मैत्री नीति ल्याउन आग्रह गरे ।

रुपन्देहीमा निर्ममण भएका अन्तर्राष्ट्रिय विमानस्थल, सम्मेलन केन्द्र तथम प्रदर्शनी स्थललाई व्यवस्थित गरि सञ्चालनमा ल्याउन उनले आग्रह गरे । होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका निवर्तमान अध्यक्ष हिराध्वज शाह, महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्ले होटल व्यवसायीहरुको संस्था हानका केन्द्रीय सदस्य गोपाल राना लगायतले बोल्दै व्यवसायीहरु कोरोना महामारी, आर्थिक संकट तथा बैंको चर्को ब्याजदर लगायतमा समस्या भोग्नु परेको गुनासो गरे । राज्यले होटल व्यवसायलाई पर्यटन व्यवसायको रुपमा लिएर संरक्षण गर्न नसकेको गुनासो गरे ।  यसैबीच होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ रुपन्देहीद्वारा प्रदान गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल सम्मानित भएका छ ।

संघको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शुक्रबार भुसाललाई नगद १० हजार राशीसहित संघले सम्मान गरेको हो । पर्यटनको क्षेत्रमा तथा होटल व्यवसायीहरुको पक्षमा कलम चलाएको भन्दै संघले स्थापना गरेको स्व. कालिदास स्मृती अक्षकोषबाट सम्मान गरिएको हो । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल तथा संघका अध्यक्ष रामप्रसाद गौतमले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरे । सम्मानित भुसाल संघका प्रेस सल्लाहकार तथा राज्य टेलिभिजनका समाचार प्रमुख हुन । संघले कार्यक्मको अवसरमा अन्य विभिन्न व्यक्तिहरुलाई फरक-फरक विधामा सम्मान गरेको छ  । अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।