ताजा अपडेट »

सरकारले गर्‍यो पदम लिम्बूलाई शहीद घोषणा

शुक्रबार, २४ चैत्र २०७९, ११ : १३
32 Shares
शुक्रबार, २४ चैत्र २०७९
32 Shares

काठमाडौं। संघीय सरकारले पहिचनवादीको आन्दोलनका क्रममा घाइते भई सहादत प्राप्त गरेका पदम लिम्बू (लाजिहाङ)लाई शहीद घोषणा गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश कोशी नामकरणविरुद्ध भएको आन्दोलनको क्रममा मृत्यु भएका धरान उपहानगरपालिका–१५ का लिम्बूलाई शहीद घोषणा गरेको हो । 

बैठकले लिम्बूको परिवारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।  गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनमा क्रममा भएका लिम्बूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

यसअघि कोशी प्रदेश सरकारले लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।