ताजा अपडेट »

भावनाको 'उडी उडी आ सुवा'मा शिल्पा र चक्र बम

शुक्रबार, २४ चैत्र २०७९, १० : ४७
38 Shares
शुक्रबार, २४ चैत्र २०७९
38 Shares

काठमाडौं ।  गायिका  भावना आचार्य र गायक तथा  ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको 'उडी उडी आ सुवा' बोलको गीतको भिडियो रिलिज गरिएको छ ।विकल तिरुवाको शब्द रहेको सार्वजनिक गीतमा ध्रुव बिस्कोको संगीत रहेको छ भने नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । जसमा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ । 

प्रेम र रोमान्सले भरिएको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसमा नायिका शिल्पा पोखरेल र मोडल चक्र बमको अभिनय रहेको छ ।राजाराम सिंखडाको कोरियोग्राफी रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन र कलरिङ मिन विश्वकर्माले गरेका हुन् । भिडियो इनाक्षी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो ।

https://youtu.be/DBtJWTZEl6Y
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।