ताजा अपडेट »

रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीश फुयालको इजलासमा हुने

बुधबार, २२ चैत्र २०७९, १२ : ३१
63 Shares
बुधबार, २२ चैत्र २०७९
63 Shares

काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको पेसी न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ।आठौँ नम्बरमा पेसी रहेको यो मुद्दा आज भने सुनुवाइ हुने सम्भावना छ। 

यसअघि मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी परेको थियो। तर, उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो। यसअघिको नागरिकता विवादसम्बन्धी मुद्दामासमेत सिन्हासहितको संवैधानिक इजलासले फैसला गरेकाले उक्त मुद्दा आफूले हेर्न नमिल्ने निर्णय सिन्हाले गरेका थिए।

नेता लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधीवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।