ताजा अपडेट »

धितोपत्र बोर्डकाे अनुमतिः थ्रीस्टार हाइड्रोपावरले आईपीओ बिक्री गर्न पाउने

बुधबार, २२ चैत्र २०७९, ११ : ५२
127 Shares
बुधबार, २२ चैत्र २०७९
127 Shares

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।कम्पनीले दुई चरण गरि आईपिओ निष्काशन गर्ने छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ ।कम्पनीले कुल १२ लाख ३१ ह्जार २५० कित्ता सेयर बिक्री गर्ने अनुमति पाएको हो। यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।