ताजा अपडेट »

बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ सुक्मित गुरुङलाई

सोमबार, २० चैत्र २०७९, १३ : ४३
34 Shares
सोमबार, २० चैत्र २०७९
34 Shares

काठमाडौं। बिन्ध्यवासिनी म्युजिकले यो वर्षको संगीत साधना सम्मान गायिका सुक्मित गुरुङलाई प्रदान गर्ने भएको छ । आगामी २२ वैशाखमा हुने बिन्ध्यवासिनी म्युजिक अवार्डको १३औं संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो । यसअघि बिन्ध्यवासिनी संगीत साधना सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य,  वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, संङ्गीतकार शक्ति बल्लभ, गीतकार कृष्णहरि बराल , गायक दीप श्रेष्ठ, गायिका ज्ञानु राणा, गायक दिपक खरेल, गायिका कुन्ति मोक्तान र गायिका तारा थापालाई सम्मानित गरिएको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।