काठमाडौं । नेपाली कांग्रेसले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको सो पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मिटरब्याजी पीडितको संघर्षप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले पीडितको माग संबोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पुर्याउन माग गरेको हो ।कांग्रेसले पीडित पक्ष र सरकारबीच सुरु भएको संवाद सकारात्मक रहेको बताएको छ । बैठकले ‘मिटरव्याज पीडितले आफ्नो समस्यालाई अघि सारेर जारी राखेको संघर्षप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । पीडित पक्ष र सरकारबीच शुरु भएको संवाद सकारात्मक छ । पीडितको माग संबोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पु¥याउन र आम नागरिकको वित्तीय पहुँचलाई सहज बनाउनका लागि आवश्यक कानुन निर्माणको प्रक्रिया थाल्न पनि सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ’ निर्णय गरेको मुख्य सचिव पौडेलले भने ।
प्रतिक्रिया