ताजा अपडेट »

शरदसिंह भण्डारी श्रममन्त्री बन्दै

विहीबार, १६ चैत्र २०७९, १३ : ४७
221 Shares
विहीबार, १६ चैत्र २०७९
221 Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारी श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले लोसपालाई श्रम मन्त्रालय दिने निर्णय गरेसँगै उनी श्रम मन्त्री बन्ने भएका हुन् । यसको पुष्टि स्वयं भण्डारीले न्युजकारखानासँग गरेका छन् । ‘म श्रममन्त्री बन्ने पक्का भएको हो,’ उनले भने । गत मंसिरमा सम्पन्न निर्वाचनमा उनी महोत्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।