ताजा अपडेट »

मन्त्री बन्नेको नाम टुंग्याउन कांग्रेसको बैठक जारी

विहीबार, १६ चैत्र २०७९, ११ : ३८
28 Shares
विहीबार, १६ चैत्र २०७९
28 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने विषयमा छछलफल भइरहेको छ । सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई आठवटा मन्त्रालय दिने सहमति भएपछि बसेको कार्यसम्पादन समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले जानकारी दिएका छन् । साथै बैठकले आगामी १० वैशाखमा हुने उपनिर्वाचनसहित समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिइएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।