ताजा अपडेट »

मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

बुधबार, १५ चैत्र २०७९, १४ : १३
40 Shares
बुधबार, १५ चैत्र २०७९
40 Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सिरहाबाट हिँँडेर न्यायका लागि काठमाडौं आइपुगेका मिटरब्याजी पीडितको न्यायका लागि रुलिङ जारी गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेका हुन् । सुदखोरबाट पीडित भएकाको न्यायका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै उनले लघुवित्त र बैंकले जनतमाथि अन्याय गरेकाले गम्भीर हुनुपर्ने बताए । 

बैंकले जनताको पैसा उठाएर जनतामा परिचालन नगर्दा विभिन्न समस्या आइरहेको बताउँदै उनले सुदखोर र लघुवित्तले जनताको जमिन पास गरेर लिएको र अझै ऋण तिरिनसकेको भन्दै मिटरब्याज लिइरहेकाले गम्भीर हुनुपर्ने दोहोर्‍याए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।