काठमाडौं । १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।बैठकमा मन्त्रिपरिषद्को पूर्णता र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।
हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र माधव नेपालको बैठकमा आज बेलुकी गठबन्धनको संयुक्त बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो ।
प्रतिक्रिया