काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नाम बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सोमबार रिक्त चार एआईजी पदका लागि चारजना डीआईजीको नाम सिफारिस गरेको हो ।
जसमा पहिलो नम्बरमा सन्दीप भण्डारीको नाम समावेश छ भने त्यसपछि क्रमशः सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको नाम समावेश गरिएको छ ।
प्रतिक्रिया