बुटवल । रूपन्देही नेकपा माओवादी केन्द्र क्षेत्र नं. ४ को बैठक समरीमाई गाउँपालिकामा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको २ महिने अभियान सम्पन्न गर्न बैठक गरिएको हो । क्षेत्रिय अध्यक्ष लालमन यादव अध्यक्षतामा पार्टीको केन्द्रीय सदस्य अतिउल्लाह मुसलमान को प्रमुख आथित्यतामा क्षेत्रिय सचिब ढुनमुन यादवको सचालनमा कार्यक्रम भएको थियो ।
बैठकमा केन्द्रीय सदस्य किसमत बि.क., जिल्ला सचिब सन्तकुमार यादव, क्षेत्र नम्बर ४ इन्चार्ज गुलाम अलि लगायतको उपस्थित रहेको थियो ।बैठकललाई सम्बोदन गर्दै केन्द्र सदस्य अतिउल्लाह मुसलमानले २ महिने अभियानले पार्टीलाई जनताको घर घरमा पुराउनु पर्ने बताउँदै नेकपा माओवादीले नै जनताको समस्यालाई सम्बोधन गर्ने बताए। केन्द्रीय सदस्य किस्मत बि.क.ले नेकपा माओवादीले नेपाली जतनाको पक्ष जहिले पनि काम गरेको र आगामी दिनमा पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने बताए । दुई महिने अभियानले नेकपा माओबादीलाई यस क्षेत्रमा शक्तिशाली पार्टीको रूपमा स्थापना गराउने बिश्वसा रहेको बताए ।
बैठकले क्षेत्र नं. ४ मा रहेका गाउँपालिकाको बैठकको मिति पनि तोकेको छ समरीमाई गाउँपालिकामा १७ गते, मर्चवारीमाई गाउँपालिकामा १८ गते, कोटहिमाई गाउँपालिकामा २५ गते र मायादेवी गाउँपालिकामा १९ गते बैठक सम्पन गरि सबै गाउँपालिकाको वार्ड बैठक गरि सबै वार्डको टोल टोलसम्म पार्टीको कमिटि गठन गर्ने जनताको गुनासो सुन्नु जनवर्गिय संगठन गठन गर्ने निर्णय भएको क्षेत्रिय सचिब ढुनमुन यादवले जानकारी दिए ।
प्रतिक्रिया