पुस २४,
सुमन केसी / ग्लोबल आवाज
दाङ । अत्याधिक चिसो बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाका विद्यालय दुईदिन बन्द हुने भएका छन् । बर्षासँगै अत्याधिक चिसो बढेकाले पठनपाठनमा समस्या भएकाले (आज) बिहीबार र शुक्रबार दुई दिन बिदा दिने निर्णय भएको नगर शिक्षा समितिले जनाएको छ ।
दुई दिने बिदा वर्षे बिदाबाट कट्टी हुने गरी दिने निर्णय भएको जनाइएको छ । घोराहीले बुधबार सूचना निकाली दुई दिनको लागि विदा दिने निर्णय भएको छ ।
प्रतिक्रिया